47
काठमाडौं।नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत भएका छन् ।
मनोनीत प्रतिनिधिबारे भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले असहमति जनाएको छ ।

शुक्रबार सचिवालय बैठकमा सहमति नजुट्दा प्रतिनिधि मनोनीत हुन सकेका थिएनन् । अध्यक्षका दाबेदार पोखरेलको असमतिका बाबजुद पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि मनोनीत गरेका हुन् ।
सचिवालय बैठकमा १०८ जना प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने सहमति भए पनि त्यस अनुसार अहिले सूची नआएको भन्दै पोखरेल समूहले असहमति जनाएको हो।
हिजोको सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने योजना थियो। तर उक्त सहमति विपरित एकलौटी ढंगले सूची प्रकाशित गरिएको पोखरेलले बताए।



