मन्त्री घिसिङबाट नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

by समतल अनलाइन
27Shares

चितवन । मन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् ।

उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम कै समय तालिकामा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणिय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरे । ४२० मिटर लम्बाइ रहेको उक्त पुल १ अर्ब ६९ करोड लागतमा रहेको र पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भैरहेको छ । पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

पुलको लम्बाइ ४२० मिटर रहेको छ । पुलको मुख्य बिशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे केबलबाट पुलसडकलाइ सपोर्ट गर्ने सिस्टम रहेको छ । यसै गरि नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिए ।

You may also like

This will close in 0 seconds