82
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)को ११औँ महाधिवेशनमा भौतिक रूपमा उपस्थित नहुने भएका छन् ।
महाधिवेशनमा उपस्थित नहुने भएका प्रचण्डले टेलिफोनमार्फत शुभकामना सन्देश पठाइसकेका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार नेकपाको कर्णाली प्रदेशको एकता सन्देशसभा यसअघि नै तय भइसकेको हुँदा प्रचण्डले सन्देशसभालाई सम्बोधन गर्नेछन् ।

उनका अनुसार बेलुकासम्म काठमाडौँ फर्कने स्थिति बन्यो भने कार्यक्रममा सहभागी हुने सम्भावना पनि छ ।



