कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गरौँ : सुरेन्द्र पाण्डे

by समतल अनलाइन
25Shares

काठमाडौँ ।नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्ने हो भने एमालेलाई कसैले पनि परास्त गर्न नसक्ने दाबी गरेका छन् ।

ईश्वर पोखरेल पक्षधर युवाहरूको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले पछिल्ला वर्षहरूमा एमालेभित्र केही नेताले नाम पढेर वा सूचना टाँसेर कमिटी बनाउने प्रचलनले पार्टी कमजोर बन्दै गएको बताए ।

पाण्डेले भने, ‘आज पार्टी संरचना कब्जा गर्न खोज्ने र सूचना टाँसेर कमिटी बनाउने प्रचलन बढ्यो । कार्यकर्ताबीच काम गर्ने मान्छेलाई होइन नेताको वरिपरि घुम्नेहरूलाई नेतृत्वमा ल्याउने प्रथाले गर्दा योग्य र जनतामा स्थापित नेताहरु बाहिरिने अवस्था आउँछ ।’

उपाध्यक्ष पाण्डेले यो महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, पुनर्गठन र संस्थागत परिपाटी विकास गर्ने बताए ।

You may also like

This will close in 0 seconds