66
बुटवल । न्यु लाइट माविमा बिहिबार मोबाइलको लतबारे सचेतना कार्यक्रम सम्पन्न भयो । मोबाइलको बढ्दो लत विरुद्ध सचेतना फैलाउने उद्देश्यले नाटक मञ्चन गरिएको थियो ।

मोबाइलको बढ्दो लतले पार्ने असरबारे विद्यार्थीहरुकै सहभागितामा कार्यक््रmम आयोजना गर्दा प्रभावकारी हुने सोच अनुसार कार्यक््रmम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रमेश ज्ञवालीले बताए। नाटकमा कक्षा ५ का विद्यार्थीहरु आरुसी टण्डन, समर ज्ञवाली, करिना क्षेत्री, कल्याण पछाई, एकराज पाण्डे, सुबिसन थापा र प्रशंसा भण्डारीले अभिनय गरेका थिए ।
नाटकको लेखन तथा निर्देशन शिक्षिका रुचि गुरुङले गरेकी थिइन् । कार्यक््रmममा नाटक मञ्चन पश्चात कक्षा ९ का विद्यार्थीहरुको पहलमा ‘सुचना प्रविधिको महत्त्व’बारे वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको थियो ।




