नेपाली पहिलो साइ–फाइ फिल्म ‘एक्लो : अध्याय १’ को ट्रेलर सार्वजनिक

by समतल अनलाइन
66Shares

काठमाडौं । प्रदीप खड्का स्टारर नेपाली फिल्म ‘एक्लो’ अध्याय १ को ट्रेलर सार्वजनिक गरिएको छ । यसलाई साइन्स फिक्सनको कथामा बनेको पहिलो नेपाली फिल्म भन्न सकिन्छ ।

फिल्मको ट्रेलरबाट फिल्मको कथावस्तु अनुमान गर्न सकिन्छ । यो फिल्म नेपालका हलहरुमा आगामी १७ पुस अर्थात जनवरी १ मा अंग्रेजी नयाँ बर्षको अवसरमा रिलिज गर्न लागिएको छ ।

फिल्ममा प्रदीपसहित बेलायती अभिनेता जेमी बेकन, विजय लामा, कविता नेपाली, सुनिल थापा बेनिशा हमाल, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डीसीलगायतको अभिनय रहेको छ । प्रदीप शाहीले निर्देशन गरेका फिल्म शाई प्रोडक्सन्स नेपालको ब्यानरमा निर्माण भएको हो ।

You may also like

This will close in 0 seconds