विराटनगरलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

by समतल अनलाइन
59Shares

काठमाडौं । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । विहिबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई २२ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछाएको विराटनगर १७.५ ओभरमा अलआउट हुदै ९४ रन मात्र बनाएको थियो । विराटनगरका लागि साम हीजलेटले सर्बाधिक ३४ रन बनाए भने नरेन भट्टले २१ र मर्चेन्ट डि लांगेले १७ रन बनाएका थिए । विराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यस्तै लुम्बिनीका बलर तिलक भण्डारीले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यान, जेजे स्मिट र अबिशेस गौतममा २-२ विकेट र शेर मल्लले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो । लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ३४, निरोशान डिकवेलाले २९ रन बनाएका थिए । त्यस्तै रुबेन ट्रम्पेलम्यानले ११ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर सुबाश भण्डारी र प्रतिस जिसीले ३-३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।

यो जितपछि लुम्बिनी लायन्स यस सिजनको फाइनलमा पुगेको छ । अब फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग आगामी शनिबार खेल्ने छ । त्यस्तै हारसँगै विराटनगरको यस सिजनको एनपीएल यात्रा सकिएको छ ।

You may also like

This will close in 0 seconds