जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने सरकारको निर्णय

by समतल अनलाइन
36Shares

काठमाडौँ । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौताअनुसार जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताए । गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको थियो ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पुष्कर सापकोटालाई निजामती सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ अनुसार नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।

साथै, जेनजी सम्झौता मंसिर २४ गते अनुमोदन गर्ने, उच्च प्राथमिकतामा कार्यान्वयन गर्ने र नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

You may also like

This will close in 0 seconds