बुटवल। यामाहाको प्रिमियम सेवा अवधारणालाई विस्तार गर्दै बुटवलको कलिकानगरमा नयाँ ‘ब्लु स्क्वाएर’ शो–रुम आज एक विशेष समारोहका बीच औपचारिक रुपमा उद्घाटन गरिएको छ। बाइकर्ज बुटवल प्रालिद्वारा सञ्चालनमा ल्याइएको यो आधुनिक शो–रुम उद्घाटनसँगै अब बुटवलका ग्राहकले यामाहाको उच्चस्तरीय बिक्री र सेवा एकै छानामुनि पाउने भएका छन्।
उद्घाटन समारोहका मुख्य अतिथि यामाहा इन्डिया सेल्सका निर्देशक हिरोशी सेतोगावा रहे। उनले नेपालमा बढ्दो यामाहा बजार र ग्राहक विश्वासले कम्पनीलाई नयाँ स्तरमा लैजाने विश्वास व्यक्त गरे।

कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल विशेष अतिथिका रुपमा सहभागी रहे। उनले यामाहाको ‘ब्लु स्क्वाएर’ अवधारणा ग्राहक–मैत्री सेवाको नयाँ मोडेल भएको बताउँदै बुटवलमा यो सुविधा उपलब्ध हुनु क्षेत्रका लागि महत्वपूर्ण भएको उल्लेख गरे।
त्यस्तै एमएडब्लु यामाहा राइड्सका ईडी तथा सीईओ दिपक कुमार अग्रवाल अतिथिका रुपमा सहभागी हुँदै सेवा, सुरक्षा र ग्राहक सन्तुष्टिलाई कम्पनीको प्रमुख प्राथमिकता भएको बताए।
व्यवसायिक प्रतिनिधिहरूमध्ये डिलर–भिआइपी पुरण प्रसाद अधिकारी र अमृत भट्टराई लाई पनि विशेषरूपमा स्वागत तथा सम्मान गरिएको थियो।
त्यस्तै कार्यक्रममा बुटवल र आसपासका वित्तीय संस्थाहरूका प्रतिनिधिहरू समेत उपस्थित थिए। विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले ग्राहकलाई सहज वित्तीय सुविधा प्रदान गर्न शो–रुमसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
डिलर पूर्ण प्रसाद अधिकारीले नयाँ ब्लु स्क्वाएर शो–रुम बुटवलमा यामाहाको पूर्ण अनुभव दिने आधिकारिक गन्तव्य बन्ने विश्वास व्यक्त गरे। आधुनिक इन्टेरियर, बाइक प्रदर्शन क्षेत्र, एक्सेसरीज काउण्टर, ग्राहक लाउञ्ज र टेस्ट–राइड सुविधायुक्त यो शो–रुमले सेवा स्तरलाई नयाँ उचाइमा पुर्याउने उनले बताए।
शो–रुम उद्घाटनपछि परीक्षण सवारी, नयाँ मोडेलहरूको प्रदर्शनी, एक्सेसरीज काउण्टर तथा ग्राहक सहायता सेवाहरू अवलोकन गराइएको थियो। बाइकरज बुटवल प्रालिका अनुसार ‘ब्लु स्क्वाएर’ शो–रुमले बुटवल र आसपासका क्षेत्रका ग्राहकलाई अझ आधुनिक, सहज र छिटो सेवा उपलब्ध गराउनेछ।
कार्यक्रममा यामाहा प्रेमी, व्यवसायी, स्थानीय सरोकारवाला तथा ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



