बुटवल । सामाजिक क्षेत्रमा पृथक पहिचान स्थापित गरेको गुल्मेली सम्पर्क समाज रुपन्देहीले विभिन्न क्षेत्रबाट रुपन्देहीमा कार्यालय प्रमुख भइ आएका गुल्मेलीको स्वागत र रुपन्देहीका विभिन्न क्षेत्रमा विशिष्ट पहिचान बनाएका , विभिन्न संघसंस्थामा निर्वाचित भएका गुल्मेलीलाई आज एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ ।
केही समय अघि कार्यालय प्रमुखको जिम्मेवारी लिनुभएका
तिलोत्तमा नगरपालिकाका कार्यकारी प्रमुख खुमराज भुसाल , जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख विष्णुप्रसाद पन्थीलाई स्वागत गरिएको कार्यक्रम संयोजक हेम थापाले बताए ।
बुझौं हाम्रो रीति र थिति , जोगाओँ हाम्रो गौरवमय संस्कृति भन्ने मूल नारा बनाई स्थापन भएको यस समाजले विभिन्न क्षेत्रबाट गुल्मेलीको शिर उचो बनाएका ३९ जना गुल्मेलीलाई सम्मान गरेको छ
। सम्मानित हुनेहरुमा रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्थामा नवनिर्वाचित अध्यक्ष नेधिराम ज्ञवाली सहित १२ जना , उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरि अर्याल , रुपन्देही उद्योग संघका नवनिर्वाचित प्रथम उपाध्यक्ष हरि खत्रि सहित ७ जना ,रुपन्देही व्यापार संघका बरिस्ठ उपाध्यक्ष दयानिधि भण्डारीसहित ७ जना ,अधिवक्ता तहको परीक्षामा लुम्बिनी प्रदेश प्रथम मन्जिला ज्ञवाली , पश्चिम कालिकानगर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष पारसमणि भण्डारी ,राज्य टेलिभिजनका प्रमुख यमलाल भुसाल ,प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पसका सभापति डाक्टर चिरञ्जीवी देवकोटा , अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली , कालिकामानव ज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली , पश्चिम नेपाल वस व्यावसायी प्रालिका अध्यक्ष दधिराम खरेल , प्रबन्ध सञ्चालक रामचन्द्र भुसाल , प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने , प्रदेश अध्यक्ष लालहरि पाण्डे , हिमालयन लाइफ इन्स्योरेन्सकी प्रदेश उपप्रमुख जुना कुँवर , तिलोत्तमा नगरपालिका वार्ड नम्बर चारका वार्ड अध्यक्ष हरिबहादुर क्षेत्री , आजीवन सदस्य ज्ञानेन्द्र कसजू लगायत रहेको गुल्मेली सम्पर्क समाज रुपन्देहीका महासचिव राजेन्द्र कुँवरले जानकारी दिए ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थको अध्यक्षता , ब्रह्मकुमारी विश्वविद्यालय भैरहवाकी क्षेत्रीय प्रमुख शान्ति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ पत्रकार दिलिप भट्टराई , दधिराम खरेल , दयानिधि भण्डारी ,डाक्टर चिरञ्जीवी देवकोटा , श्यामलाल खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे , श्री श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारीले संसथाका गतिविधिका बारेमा विशद चर्चा गरेका थिए भने सल्लाहकार टीकाराम घिमिरेले संस्थाको ऐतिहासिक पृष्ठभूमि बारे जानकारी गराएका थिए ।

संस्थाका बरिस्ठ उपाध्यक्ष हेम थापाको स्वागत मन्तव्य र भैरहवा शाखाका अध्यक्ष केशव ज्ञवालीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा अध्यक्ष डाक्टर नारायण प्रसाल पन्थले संस्थाको विगत , वर्तमान र आगामी योजनाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रा डा हिरण्य ज्ञवाली , प्रमुख अतिथि शान्ति सुवेदी लगायतले गुल्मेली गुरुयोजना स्थललाई रुपन्देहीको चारधामका रुपमा व्याख्या र विवेचना गरेका थिए । बरिस्ठ उपाध्यक्ष हेम थापाको संयोजकत्वमा भएको यो कार्यक्रम ऐतिहासिक भएको संस्थाका महासचिव तथा कार्यक्रम सञ्चालक राजेन्द्र कुँवरले सगौरव बताए ।



