लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

by समतल अनलाइन
Shares

सुरेश थापा
खैरेनी गुल्मी । “समानताको पुस्ताः बलत्कार विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ मंसिर ९ गतेबाट सुरु भएको अभियान मंगलबार सकिएको हो ।

अभियान अन्तर्गत सत्यवती गाउँपालिका भित्रका विभिन्न स्थानहरुमा विभिन्न संघ संस्था, आमा समुह, महिला संजाल लगायतको आयोजनामा जनचेतनामुलक कार्यक्रम यस अघिनै सम्पन्न भएका थिए । अभियान अन्तर्गत सत्यवती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जोहाङ्ग गुल्मीको आयोजनामा आज पालिका स्तरीय कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

गुल्मी जिल्ला समन्वय समितिका वकील नेत्रलाल पाण्डे ले लैङ्गिक हिंसाविरुद्ध कानुन व्यवस्था, लैङ्गिक हिंसाको वर्तमान अवस्थाको न्यूनिकरणका लागि परिवार र समाजले निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा सहजिकरण गर्नुभयो भने प्रमुख प्रसासकिय अधिकृत यादव भण्डारीले सहभागिहरुका विच अन्तरकृया समेत गर्नुभएको थियो । सोहि अवसरमा गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, लगायतले लैङ्गिक हिंसाविरुद्ध आफूहहरु जिम्मेवारीपूर्ण रुपमा लाग्ने उल्लेखगर्दै समाजमा रहेका कुरीतीहरुको अन्त्यका लागि पहल गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापती तथा सत्यवती गाउँपालिका उपाध्यक्ष शुवर्ण शाहि शेर्चनले बोल्दै समाजमा हुने गरेका लैङ्गिक विभेदमा पुरुष भन्दा महिला हिंसा बढि भएको, लैङ्गिक हिंसा अन्त्यको लागि आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्ने, लैङ्गिक विभेद आफ्नो घरबाट हटायौ भने मात्र समाज, देश हुदै विश्वमा हट्ने बताउनु भयो ।
नरमाया थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय जोहाङ्गका प्रमुख सुग्रीब बहादुर बैदवार, पालिका सदस्य मिना परियार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन चेत कुमारी थापाले गर्नुभएको थियो ।
हरेक वर्ष अङ्ग्रेजी नेभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुने गरेको छ । सन १९६० मा डोमिनिकल गणतन्त्रका मिरावेल परिवारका तीन दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।

उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रुपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाबिरुद्धको हिंसाको रुपमा लिएर उनीहरुको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

You may also like

This will close in 0 seconds