बुटवलको गार्गी एकेडेमीद्वारा ‘मेरो कार्यालय मेरो सफाई अभियान’ सुरु

by समतल अनलाइन
20Shares

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले मँगलबारदेखि सरसफाई अभियान सुरु गरेको छ । ‘मेरो कार्यालय मेरो सफाई’ अभियान अन्तरगत विद्यालयका शिक्षक, कर्मचारी तथाकक्षा ९ मा अध्ययनरत विद्यार्थी सरसफाईमा सहभागी भएको प्राचार्य भुवन अधिकारीले जानकारी दिए ।

विद्यालय वरपरको वातावरणलाई स्वच्छ राख्ने उद्देश्यसहित मासिक रुपमा यो अभियानको सुरुवात गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भिम बहादुर चौधरीले जानकारी दिए । जस अन्तरगत विद्यालय क्षेत्रभित्र तथा त्यस वरपरका ठाउँमा छरिएका फोहरजन्य वस्तुहरुको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई वातावरण संरक्षण सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको उनले बताए ।

सरसफाई अभियानमा सहभागी शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सुरक्षा सामग्री मास्क र ग्लोब्स हस्तान्तरण गर्दै प्राचार्य अधिकारीले यो अभियानलाई निरन्तरता दिईने उल्लेख गरे ।   जिल्ला समन्वय समिति रूपन्देहीको निर्णय बमोजिम ‘मेरो कार्यालय,मेरो सफाई’ भन्ने मुल नाराका साथ आ-आफ्नो क्षेत्रमा सरसफाई अभियान चलाउन भनि दिइएको निर्देशन बमोजिम अभियान सञ्चालन गरिएको उनले बताए ।

You may also like

This will close in 0 seconds