समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन

by समतल अनलाइन
64Shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ९३ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगले शुक्रबार सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेस गर्न सूचना जारी गरेको थियो।

अन्तिम दिनसम्म एकल र छुट्टाछुट्टै चुनावमा जान ९३ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ।

You may also like

This will close in 0 seconds