काठमाडौँ । जेनजी आन्दोलनको क्रममा तिब्बतीयन ओरिजनल ब्लड (टीओबी) ज्याकेटसहित प्रदर्शनमा सहभागी तेन्जिङ दावा काठमाडौँ जिल्ला अदालतबाट ५ लाख २० हजार धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, तेन्जिङविरुद्ध अभद्र व्यवहार, लिखतसम्बन्धी तथा नागरिकता र राहदानीसम्बन्धी मुद्दा चलाइएको थियो। पक्राउको क्रममा उनलाई गाँजा समेत फेला परेको थियो ।

टीओबीसँग सम्बन्धित १३ वटा बुलेट र पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमा लिइएको छ । भदौ २३ गते बिहान १२ बजे बिजुली बजारमा तेन्जिङसमेतको समूहले बाइक चलाउँदै नारा जुलुस गरेको र भीडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ।
पक्राउपछिका बयानमा तेन्जिङले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेको गल्ती स्वीकारेका छन् । प्रहरीले जानकारीअनुसार उक्त समूहमा उनीबाहेक अन्य सदस्यहरू नेपाली मूलका हुन् र उनले आफूलाई आधा तिब्बेतियन भएको बताएका छन्।



