भ्रष्टाचारविरुद्ध कठोर हुँदा आउने धम्कीबाट डराउँदैनौँ : प्रधानमन्त्री

by समतल अनलाइन
48Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार केवल चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध आवश्यक परे जुनसुकै कठोर कदम चाल्न सरकार तयार रहेको स्पष्ट पारिन्।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनिन्,

‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो। सरकारले नियमित कामसँगै सुशासनका निम्ति तीव्र गतिमा काम गरिरहेको छ।’

उनका अनुसार सुशासनका लागि राज्यका संयन्त्र सक्रिय छन् । उनले थपिन्,’जेनजीका मागअनुसारका उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका लागि राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्।’

प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धका कदमले असहज बनेका केही तत्त्वले धम्की दिए पनि आफूहरू नडराउने बताइन् । ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपयले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि हामी डराउँदैनौँ ।’

उनले सम्बन्धित निकायका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई पनि विचलित नहुन र व्यावसायिक स्वतन्त्रता प्रयोग गर्दै निर्धक्क रूपमा अघि बढ्न आग्रह गरिन् ।

You may also like

This will close in 0 seconds