आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

by समतल अनलाइन
59Shares

दैलेख । आफ्नै बुवा ६५ वर्षीय धन बहादुर रामजाली मगरको हत्या गरेको अभियोगमा दैलेखको नौमुले गाउँपालिका-५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

तिर्सनाले काठको चिरपट प्रहार गर्दा धन बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चिरपट प्रहारबाट गम्भीर घाइते भएका धन बहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

You may also like

This will close in 0 seconds