काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को २०२६ को मिनी अक्सनका लागि कुल ३५० खेलाडीहरूको अन्तिम सुची सार्बजनिक गरिएको छ ।
आइपिएल गभर्निंङ काउन्सिलले मंगलबार बिहान दर्ता भएका १३ सय ५५ खेलाडीबाट अक्सनको अन्तिम सुचिका ३५० खेलाडीको नाम सार्बजनिक गरेको हो । अक्सनमा २४० भारतीय खेलाडी र ११० विदेशी खेलाडी रहेका छन् ।

प्रत्येक फ्रान्चाइजीले २५ खेलाडीहरू सम्मको टोली बनाउन सक्ने छन् । यस आधारमा, लिलामीमा बढीमा ७७ खेलाडीहरु मात्र किनिने छन्, जसमध्ये ३१ विदेशी खेलाडीहरू हुने छन् ।
सुचिमा ४० खेलाडी उच्चतम श्रेणी २ करोड भारु श्रेणीमा दर्ता भएका छन् । यस सूचीमा क्यामरुन ग्रीन, लियाम लिभिङस्टोन, स्टिभ स्मिथ, रवि बिश्नोई, वेंकटेश अय्यर, मथिशा पाथिराना र वानिन्दु हसरंगा जस्ता खेलाडी यस सूचीमा समावेश रहेका छन् । खेलाडीको अक्सन यस बर्ष डिसेम्बर १६ मा अबुधाबीमा एकै दिन मात्र हुने बताइएको छ ।
अक्सन सूचीमा अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, बंगलादेश, आयरल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिकासहित १४ देशका विदेशी खेलाडीहरू दर्ता भएका छन् ।



