सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घटायो

by समतल अनलाइन
54Shares

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो ।
अघिल्लो बर्ष सरकारले प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो ।

यसबर्ष सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ घटाएको छ । सरकारले उखुको समर्थन मुल्य २०८०-८१ मा ६३५, २०७९-८० मा ६१०, २०७८-७९ मा ५९० तोकेको थियो ।

कृषि मन्त्रालयका अनुसार हाल देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ ।

त्यस्तै सरकारले उखु किसानलाई दिने अनुदान रकम ७० कायम गरिएको छ । अघिल्लो बर्षपनि अनुदान रकम यति नै रहेको थियो ।

You may also like

This will close in 0 seconds