कस्तो छ आजको मौसम पूर्वानुमान ?

by समतल अनलाइन
36Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशंको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

विभागले कोशी प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा/हिमपात तथा कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनामा अध्याबधिक रहन अनुरोध गरेको छ ।

विभागले आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।

You may also like

This will close in 0 seconds