हामी जित्छौँ, सरकार हामीले नै बनाउँछौँ : हर्क साम्पाङ

by समतल अनलाइन
28Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी चुनावमा आफ्नो पार्टी नै विजयी हुने र सरकार गठन गर्ने दाबी गरेका छन् ।

काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले सो दाबी गर्दै उक्त लक्ष्य घोषणापत्रमै उल्लेख गरिएको बताए ।

उनका अनुसार जेनजीको आन्दोलनले उठाएका मुद्दा राज्यव्यवस्थासँग पनि जोडिनुपर्ने भएकाले त्यो विषय घोषणापत्रमा राखिएको हो ।

साम्पाङले भने, ‘हामीले घोषणापत्रमै लेखेका छौँ । हामीले नै जित्छौँ, कुनै शङ्का छ ? हामीले नै जित्छौँ, हामीले नै सरकार गठन गर्छौँ ।”

साम्पाङले आफ्नो नेतृत्वको सरकारले जेनजीका माग सम्बोधन गर्न आयोग गठन गर्ने बताए । उनका शब्दमा, ‘त्यसपछि जेनजीको एउटा आयोग बनाउँछौँ । जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्‍यो नि । ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ ?’
देशलाई अग्रगामी छलाङ मार्ने योजना आफ्नो पार्टीले ल्याउने दाबी समेत साम्पाङले गरेका छन् ।

You may also like

This will close in 0 seconds