अण्डाको मूल्य अहिलेसम्मकै उच्च

by समतल अनलाइन
58Shares

काठमाडौँ । अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको हो ।

जसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु. ५८०, ठूलो अण्डा रु. ५६५ र मिडियम रु. ५५० कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु. ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर रु. ४०० मा झरेको थियो ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु. २० ले बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो ।

भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको सङ्घले जनाएको छ । अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु. १६ दशमलव ५७ पर्न आउने सङ्घले उल्लेख गरेको छ ।

You may also like

This will close in 0 seconds