बुटवल। सुरक्षा निकायमा भर्ती हुन चाहने युवाहरूका लागि बुटवल–३, गोलपार्कमा अवस्थित बीसीआई मल्टिपल एजुकेशन सेन्टर ले विशेष तयारी कक्षा सञ्चालन गरिरहेको छ। सेनादेखि प्रहरीसम्मका विभिन्न पदका लागि मार्गदर्शन र प्रशिक्षण उपलब्ध गराउँदै आएको संस्थाले पछिल्लो समयमा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै नतिजा निकाल्न सफल भएको दाबी गरेको छ।
सञ्चालक दिपक केसीका अनुसार, संस्थाले नेपाली सेना (शैल्य, क्याडेट, प्राविधिक), सशस्त्र प्रहरी (जवान, असई, निरीक्षक) तथा नेपाल प्रहरी (जवान, असई, निरीक्षक) सम्बन्धी तयारीका लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गर्दै आएको छ। ‘सुरक्षा सेवामा सय प्रतिशत पास हुनेगरी तयारी गराइन्छ’ भन्ने नारासहित सञ्चालन भइरहेको कक्षामा विद्यार्थीहरूको आकर्षण बढ्दो रहेको बताइएको छ।
उहाँका अनुसार संस्थाले परीक्षामा आवश्यक शारीरिक, लिखित तथा अन्तर्वार्ता तयारीलाई समेटेर समग्र प्रशिक्षण उपलब्ध गराउँदै आएको छ। विद्यार्थीहरूका लागि अतिथि गृह (होस्टेल) को सुविधा पनि व्यवस्थापन गरिएको छ, जसले बाहिरका विद्यार्थीलाई सहज हुने बताइएको छ।
शैक्षिक क्षेत्रमा सक्रिय बीसीआई मल्टिपल एजुकेशन सेन्टरले स्थानीय युवालाई रोजगारीमुखी तालिम प्रदान गर्दै आएको छ। बुटवल–३, गोलपार्क अवस्थित संस्थालाई ०७१–५५४३१७, ९८५७०८२२३० र ९८११५२५००० मा सम्पर्क गर्न सकिने जनाइएको छ।
सञ्चालक दिपक केसीका अनुसार, यस संस्थाबाट तयारी लिएर सुरक्षा सेवामा प्रवेश गरेका धेरै युवा अहिले विभिन्न तह र संरचनामा जिम्मेवारीपूर्वक कार्यरत छन्।



