रुख र माटो चोरी गर्ने पक्राउ कार्वाहीकोलागी नगरपालिकाद्धारा प्रहरीलाई पत्राचार

by समतल अनलाइन
21Shares

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्वामीत्वमा रहेको ओमसतिया ५ पट्खौलीको जाग्गाबाट माटो चोरी गर्ने र रुख कटान गरी गैरकानुनी रुपमा काम गरीरहेको गिरोहलाई पक्राउ गरी नगरपालिकाले थप कार्वाहीकालागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा पर्ने नगरपालिकाको नाममा दर्ता रहेको ६ बिघा जग्गाबाट अवैध रूपमा ठूला–ठूला रुख कटान गरी माटो ओसारपसार गर्दै गर्दा शुक्रवार नगर प्रहरीले नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । तीनजनालाई पक्राउ गरेको छ, भने एकजना फरार छन् । शुक्रबारसाँझ करिब ५ बजेतिर लु १ त १६६ नम्बरको ट्र्याक्टर प्रयोग गरी उक्त जग्गामा रहेका रुख कटान तथा माटो निकासी भइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । ओमसतिया–५ गौरी बस्ने अन्दाजी २७ वर्षीय छोटु भन्ने जयप्रकाश यादव, सोही ठाउँ बस्ने अन्दाजी ५३ वर्षीय जगदीश कोइरी पक्राउ परेका थिए । सिद्धार्थनगर नगरपालिका–८ बस्ने अन्दाजी ३७ वर्षीय अनिल कुमार सराफ भने फरार रहेका छन् ।

ट्र्याक्टरसहित उनीहरूलाई सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देही बुझाइएको थियो । त्यसलगत्तै सिद्धार्थनगर नगरपालिकाले उनिहरुलाई कार्वाही र थप अनुसन्धानकोलागी प्रहरीलाई पत्राचार गरेको नगरपालिकाका सुचना अधिकारी देव ज्ञवालीले जानकारी दिए । नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गाबाट लामो समयदेखि निरन्तर रूपमा रुख कटान र माटो उत्खनन गरी अवैध निकासी भइरहेको थियो ।

पक्राउ परेकाहरू बाहेक फरार व्यक्तिलाई पनि खोजी गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने, काटिएका रुख र निकालिएको माटोको मूल्याङ्कन गरी क्षतिपूर्ति भराइदिनुपर्ने तथा प्रचलित कानुन बमोजिम जरिवाना गर्नुपर्ने माग नगरपालिकाले गरेको छ । तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानमै रहेको बताएको छ । रुपन्देही प्रहरी प्रवत्ता सुरज कार्कीले के बिषयमा मुद्धा चलाउने भन्ने परामर्श भैरहेको बताए । आफुहरु परामर्शमा रहेको र साझँसम्ममा निस्कर्षमा पुगीने उनले बताए ।

You may also like

This will close in 0 seconds