हाटबजार व्यवसायी संघको स्थापना दिवसमा खाद्यान्न सामग्री सहयोग

by समतल अनलाइन
73Shares

बुटवल। हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औं स्थापना दिवसका अवसरमा बुटवल– ३ पुलचोकस्थित अपाङ्ग स्याहार केन्द्रमा खाद्यान्न सामग्री वितरण गरेको छ ।  

हाटबजार व्यवसायी संघ रुपन्देहीका  अध्यक्ष हुमाराम पोखरेल र बुटवल उपमहानगरपालिका  वडा नं. ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि  विष्णु ढकालले संयुक्तरुपमा अपाङ्ग दिवा स्याहार केन्द्र अभिभावक संघका अध्यक्ष सारदा आचार्यलाई धारा तेल, सुजी, आटा, भुजा, बिस्कुटलगायतका करिब ६ हजार बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा बुटवल – ३ का वडा अध्यक्ष विष्णु ढकालले बोल्दै वडाको तर्फबाट आफूले सक्दो सहयोग गरेको र स्याहार केन्द्रको विकासका लागि बुटवल उपमहानगरपालिकासंग समन्वय गरेर अगाडि बढ्ने बताए । त्यस्तैगरी हाटबजार व्यवसायी संघ रुपन्देही अध्यक्ष हुमाराम पोखरेलले बोल्दै संघको स्थापना दिवसमा हरेक वर्ष  सामाजिक कार्य गर्दै आइरहेको बताउँदै अपाङ्ग दिवा स्याहार केन्द्रमा केही सहयोग पुगोस् भनेर खाद्यान्न सामग्री सहयोग गरिएको बताए ।

त्यस्तैगरी  अपाङ्ग दिवा स्याहार केन्द्र अभिभावक संघका अध्यक्ष सारदा आचार्यले बोल्दै संघले गरेको सहयोगले बालबालिकालाई ठूलो सहयोग हुने बताउँदै धन्यवाद व्यक्त गरिन् ।

आचार्यले लक्ष्मीनारायण  मन्दिर सेवा समाजले उपलब्ध गराएको  भवनमा  विगत ३ वर्षदेखि  अपाङ्ग दिवा स्याहार केन्द्रका  संस्थापक अध्यक्ष सैलेश थापाको नेतृत्वमा मस्तिष्क, पक्षधात तथा स्नायुमा समस्या भएका बालबालिकाहरुलाई परामर्स दिदैं आएको बताईन् ।

अहिले उक्त स्याहार केन्द्रमा १० जना बालबालिकाहरुलाई दैनिक शारीरिक व्याायाम, शिक्षा परामर्स शिविर तालिम दिदै त्यहाँ उपचार सम्भव नभएका बालबालिकाहरुलाई अन्यत्र रिफर गर्ने व्यवस्था समेत गरिएको छ ।

 संघका अध्यक्ष हुमाराम पोखरेलको अध्यक्षता, उपाध्यक्ष  रबिलाल पाण्डेको स्वागत मन्तव्यमा भएको  कार्यक्रमको सञ्चालन सचिव इश्वरचन्द्र भट्टराईले गरेका थिए । 

You may also like

This will close in 0 seconds