जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समिति गठन

by समतल अनलाइन
58Shares

बुटवल ।अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । शनिबार कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।


पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा मल्ललाई चयन गरिएको छ । त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र चुनिएका छन् भने सचिव पदमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्ष पदमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।
त्यस्तै प्रदेश सदस्यहरुमा राजिव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान, मोसिम कमल, मोहम्मद अनिकुर रहमान, शिर बहादुर बुढा, बिन कुमार बुढा, रमजान अली, दीपक गुप्ता, कृष्ण गुप्ता, इरफान अलि, राकेह कुर्मी, महनाज खान, इन्द्र बहादुर गेलाङ, कविता मुखिया, कलामुद्दीन खान, राजेन्द्र विक, राजकुमार गाह, सिर्जना भण्डारी, तुलसादेवी श्रेष्ठ लगायत ४२ जना चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष अशोक कुमार राईले मुलुक दलहरुबिचको भागबन्डाको राजनीतिले थिलोथिलो भएको बताउँदै अब भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार र घुसखोरीको दुष्चक्रबाट देशलाई उकास्नु नै अबको राजनीतिक कार्यभार भएको बताउँदै जनता समाजवादी पार्टीले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा दीगो राजनीतिक निकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने माग पार्टीको स्थापनाकालदेखि नै उठाउँदै आएको बताउनुभयो ।
त्यस्तै प्रदेश भेलालाई सम्बोधन गर्दै पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले जनता समाजवादी पार्टीले विचार तथा एजेन्डा मिल्ने पार्टीहरुसँग बृहत मोर्चा निर्माण गर्दै आसपमा सहकार्य गरेर निर्वाचनमा जाने र निर्वाचनबाट श्रेष्ठता हासिल गरी आफ्ना एजेण्डाहरु लागू गर्ने लक्ष्य लिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेश ईन्चार्ज मनिकर कार्कीले समाजमा विद्यमान आर्थिक एवम् सामाजिक विभेदको अन्त्य गर्दै आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्ययोजनाहरु लागू गर्ने जनता समाजवादी पार्टीको राजनीतिक ध्येय रहेको र त्यसका लागि पार्टीले जनमुखी संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै कार्यकारिणी समिति सदस्य अख्तर हुसैन फारुकी, पार्टीका लुम्बिनी प्रदेश सहइन्चार्ज नबिन कुमार सुनुवार, प्रदेश सभा सदस्य भण्डारीलाल अहिर, केन्द्रीय सदस्य अकरम पठान, अमर बहादुर खड्का, नेत्र बहादुर थापा, तरन्नम बानु, खिक बहादुर बुढालगायतले बोल्दै संकटको बेला पार्टीको विचार र सिद्धान्तको रक्षा गर्दै संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

You may also like

This will close in 0 seconds