टाकुरा बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनः  राजेन्द्र कुँवर

by समतल अनलाइन
58Shares

बुटवल । तिलोत्तमाको टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः  राजेन्द्र कुँवर चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको १४ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले कुँबरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रमुख सल्लाहकार तथा पदेन सदस्यमा निवर्तमान अध्यक्ष  रमेश ज्ञवाली चयन भएका छन् ।

सहकारीको उपाध्यक्षमा खेमराज खनाल, सचिवमा पशुपति चौधरी, कोषाध्यक्षमा वीरेन्द्र राना, तथा सदस्यहरुमा जानुका न्यौपाने, सृजना पन्थी ज्ञावली, घनश्याम न्यौपाने र पुजन भण्डारी चयन भएका छन् । 
यस्तै लेखा समिति संयोजकमा कृष्णबहादुर कार्की तथा सदस्यमा शंकर गौतम र कृष्ण भण्डारी चयन भएका छन् ।  साथै शिक्षा उपसमितिको संयोजकमा डोलराज बेल्वासे, सदस्यमा दिपक भट्टराई र मिनप्रसाद भण्डारी चयन भएको निर्वाचन समितिले जनाएको छ । सहकारीको शेयर विस्तार उपसमितिको संयोजकमा गोमा बन्जाडे र  सल्लाहकारमा रमेश ज्ञावली चयन भएका छन् । 

शनिवार तिलोत्तमा सम्पन्न सहकारीको साधारणसभा तथा अधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष गिरिराज बन्जाडेले केही आयातित सहकारीका कारण नागरिकमा सहकारीप्रति नकारात्मक धारण सृजना भएको बताए । साथै उनले टाकुरा सहकारीमा बचतकर्ताको रकम सुरक्षित रहेको बताउँदै ढुक्क भएर बचत गर्न आग्रह गरे । 
यस्तै गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले पनि सबै सहरकारीलाई एउटै रुपमा हेर्न नहुने बताए ।  निवर्तमान अध्यक्ष रमेश ज्ञावलीले सहकारी जुन उद्धेश्य अनुसार खोलिएको हो सोही अनुसार संचालन भएमा समस्या नहुने बताए । टाकुरा बचत सहकारीले बचतकर्ताको रकम सहि रुपमा प्रयोग गर्ने गरेकाले समस्या नरहेको बताए ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र कुँबरले आफुले पहिलो कार्यकालमा गरेको राम्रो कामले गर्दा नै शेयर सदस्यहरुले फेरि जिम्मेवारी दिएको बताए । शेयर सदस्यहरुले दिएको जिम्मेवारीलाई आफुले कुशलतापूर्वक पुरा गर्ने बताए । अध्यक्ष कुँबरले नमुना सहकारी बनाउने गरी काम गर्ने प्रतिबद्धता गर्दै बचतकर्ताको एक रुपियाँ पनि दुरुप्रयोग नहुने बताए । 

सहकारीको हाल ४ करोड ७४ लाख ८८ हजार ६५१ रुपियाँ कुल बचत, ५२ लाख ६० हजार कुल शेयर रकम, ४ करोड २ लाख २४ हजार ४९५ रुपियाँ कुल लगानी र १ करोड ४६ लाख २५ हजार २६ रुपियाँ बैकमा मौज्दात रहेको छ ।

सहकारीमा २३२ जना महिला, २७१ जना पुरुष सदस्य र संस्थागत शेयर ४ गरी ५०७ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा शेयर सदस्यमा जेहेन्दार छोरा छोरीलाई सम्मान समेत गरिएको थियो ।

You may also like

This will close in 0 seconds