३५ औँ स्मृति दिवस : बुटवलमा गुन्जिए स्वर–सम्राटका कालजयी धुन

by समतल अनलाइन
53Shares

बुटवल। स्वर–सम्राटका नामले प्रसिद्ध गायक स्व.नारायण गोपाल गुरुवाचार्यको ३५ औं स्मृति दिवश बुटवलमा पनि एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको छ । बुटवलस्थित रागश्री संगितालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा रुपन्देहीका गायक गायिकाहरुले स्व.नारायण गोपालका कालजयी गीतहरु पस्केर स्वर–सम्राटको स्मरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै निवर्तमान संघिय सांसद बासुदेव घिमिरेले नेपालको सांगितिक क्षेत्रको बिकासमा स्व.नारायण गोपालको भुमिका अविस्मरणिय रहेको चर्चा गर्नुभयो । खासगरि नेपाली भाषाको सुगम संगितलाई आधुनिक ढंगले उच्च शिखरमा पुराउन नारायण गोपालको पुस्ताले खेलेको भुमिका स्मरण गर्दै पुर्व सांसद घिमिरेले संगितको क्षेत्रमा लाग्न चाहनेहरुका लागि उहाँ समुच्च प्रेरणाको श्रोत भएको उल्लेख गर्नुभयो । रागश्री संगितालयका संचालक सुरेश सेन्चुरीले युग युगसम्म गुन्जिरहने दर्जनौं कालजयी गीतहरुका गायक स्व.नारायण गोपालले नेपाली संगितको क्षेत्रमा पुराएको योगदानको उच्च प्रसंसा गर्नुभयो ।

बिसं २०४७ सालमा ५१ बर्षको उमेरमा निधन भएका नारायण गोपालको सम्झनामा उहाँको सम्मानमा हरेक बर्ष स्मृति दिवस मनाउने गरिएको उहाँले जानकारी गराउनु भयो । कार्यक्रममा गायक तथा गीतकार डिल्ली नारायण पाण्डेले स्व.नारायण गोपालको जिवनी उल्लेख गर्दै उहाँ गाएका गीतहरु, उहाँले प्राप्त गरेका उपलब्धीहरु, उहाँको पारिवारिक अवस्था र जिवनका भोगाई र गराईका उतार चढावहरु बारे चर्चा गर्नुभएको थियो ।

बिसं १९९६ साल असोज १८ गते झापामा जन्मनु भएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते काठमाडौंमा निधन भएको थियो । कार्यक्रममा रागश्री संगितालयका कलाकारहरु प्रज्ञा न्यौपाने, सुमन थापा ठकुरी, बिक्रम काफ्ले, सवनम काफ्ले, पंकज पाण्डे, डिल्ली नारायण पाण्डे, बसन्त खनाल, माधव भण्डारी, शकुन्तला गैरे, धनुष पुन र नविन बिकलगाएतले स्व. नारायण गोपालका गीतहरु पस्केका थिए ।

You may also like

This will close in 0 seconds