बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनामा प्रधानमन्त्री कार्कीले मागिन माफी

by समतल अनलाइन
44Shares

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको विषयमा माफी मागेकी छन् ।

प्रधानमन्त्री कार्कीले यो निर्णय समाज र राज्यका लागि ग्लानिको विषय भएको बताउदै न्यायिक-प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा माफी मागेकी हुन् ।

उनले भनेकी छन्:

बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुसमेत नरहेको घटनाले मर्माहत बनाएको छ । उहाँहरुको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो। न्यायिक-प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा म माफी चाहन्छु। र, यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएकी छु। नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य होइन। न्यायको मार्गमा सबै पक्षले सहजीकरण गरौँ ।’

You may also like

This will close in 0 seconds