मगर महिला संघ रुपन्देहीको जिल्ला भेला बुटवलमा सम्पन्न

by समतल अनलाइन
23Shares

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको ९ औँ जिल्ला भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै संघका केन्द्रीय सचिव चन्दा थापा मगरले अधिकारका लागि एकतासँगै सशक्तिकरणको अभियानमा जुट्न आह्वान गरिन् ।

सचिव थापा मगरले विभिन्न आन्दोलन र संघर्षबाट मुलुकमा प्राप्त उपलब्धिहरुमा मगर समुदाय र त्यसमा पनि महिलाहरुको अधिकार प्रयाप्त नभएको गुनासो गरिन् । अधिकारको आन्दोलनसँगै मगर समुदायको भाषा, पहिचान र परम्परालाई संरक्षण गर्न आवश्यक रहेको उनले बताइन ।

कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघ लुम्बिनी प्रलेश अध्यक्ष कसरी तरामु, संघका सल्लाहकार तथा आदिबासी जनजाति महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शंकर गाहा, प्रध्यापक कमल थापा मगर, माया श्रीस, बसन्ती साठीघरे मगर लगायतले बोल्दै जातिय पहिचान र अधिकारको आन्दोलनमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । संघको जिल्ला अध्यक्ष निर्मला थापाको अध्यता तथा सचिव  खेमकुमारी श्रीसको सञ्चालनमा कार्यक्रम भएको थियो ।

You may also like

This will close in 0 seconds