काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच दिउसो ४ बजेदेखि यो खेल हुने तालिका रहेको छ ।
जारी एनपीएलमा लुम्बिनी लायन्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । लुम्बिनीले यो खेलमा जित हासिल गरेमा प्लेअफमा पुग्नेछ । त्यस्तै जनकपुरले भने आजको खेल जितेर आफ्नो प्लेअफको सम्भावनालाई कायमै राख्ने प्रयास गर्ने छ । जनकपुरले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यस्तै राष्ट्रिय टिमका खेलाडी अनिल शासहित आसिफ सेख, ललित राजबंशी जस्ता खेलाडी रहेको जनकपुरमा इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।



