काठमाडौँ । क्रिस लिनको अर्धशतकको सहयोगमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनायो । सुदूरपश्चिमका लागि क्रिस लिनले ७५ रनको अर्धशतकीय पारी खेल्दै रिटायर हर्ट भए । उनले ५६ बलमा ५ चौका ३ छक्का प्रहार गरे ।
सुदूरपश्चिमका लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४–२४ रन बनाउँदा विनोद भण्डारीले २१ रनको योगदान गरे । बलिङतर्फ चितवनका लागि शैब जैबले दई विकेट लिँदा रञ्जित कुमार र जर्ज स्क्रिमशाले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुग्ने योजनामा छ । यता चितवन भने आजको खेलमा जित निकाल्दै प्लेअफका लागि आफूलाई बलियो बनाउने योजनामा छ ।



