काठमाडौँले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य

by समतल अनलाइन
47Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

काठमाडौँका लागि बेन चार्लेजवर्थले सर्बाधिक ६४ रन बनाएका थिए भने भीम सार्कीले आक्रामक ब्याटिंग गर्दै २३ बलमा ५५ रन बनाएका थिए । त्यस्तै मिलिन्द कुमारले १३ रन बनाएका थिए ।

त्यसैगरी पोखराका बलरधनन्जय लक्शानले ४ विकेट लिए भने कुशल भुर्तेलले २, विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिएका थिए ।

You may also like

This will close in 0 seconds