54
काठमाडौं।नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ।
हिजो बुधबारको तुलनामा आज सुनचादीको मूल्यमा सामान्य गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मोल प्रतितोला तीन हजार ६२५ रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदीको भाउ तीन हजार ६५ रुपैयाँ थियो।



