आजदेखि तिलाेतमामा याेमरी खाजा महाेत्सव शुरु

by समतल अनलाइन
8Shares

बुटवल।भिमसेन नेवाः समाज तिलोत्तमाले तिलाेत्तमामा नेवारी खाजा महोत्सव गर्ने भएको छ । ‘योमरी पुन्ही’ नेवारी पर्वको अवसरमा समाजले आज र भाेलि अर्थात् मंसिर १७ र १८ गते तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०८२ आयोजना गर्ने भएको हो ।

नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरिएको समाजका सचिव सितुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । नेवारी खाजाको आनन्द लिन सबै नेवारी खाजाका पारखीहरु लाई निम्तो गरिएको समाजका सचिव श्रेष्ठले अनुरोध समेत गर्नुभएको छ ।

५ वर्ष अघि तिलोत्तमामा देशभरीबाट बसाँइसराई गरी आएका र विभिन्न पेशा व्यवसायमा यहाँ आवद्ध भएका ३५ नेवा परिवारहरुको सक्रियतामा भिमसेन नेवाः समाजको स्थापना गरिएको थियो । समाजले नेपाल भाषा प्रवर्द्धन नेवा परम्परागत खानपान र संस्कृति संरक्षण गर्दै आएको श्रेष्ठले बताए ।

You may also like

This will close in 0 seconds