कांग्रेस महामन्त्री गगन थापाले गरे सभापतिमा उम्मेदवारी घोषणा

by समतल अनलाइन
37Shares

काठमाडौँ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा आफू सभापति पदका उम्मेदवार हुने स्पष्ट बताएका हुन् ।

थापाले भने, ‘म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हुँ । नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनेछन् भन्ने विश्वास छ।’

यस्तै, अन्तर्वार्ताका क्रममा थापाले चुनावमा जानुअघि सर्वपक्षीय सहमतिका लागि केही प्रस्तावहरू अघि सारेका छन् ।

प्रतिनिधिसभाको चुनावमा आफू कुन क्षेत्रबाट उठ्ने, बालेनसहितका नेताहरूसँगको सम्बन्ध, नयाँ कांग्रेसको प्रारूप लगायत विषयमा अन्तर्वार्ता केन्द्रित छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको छ।

You may also like

This will close in 0 seconds