33
काठमाडौं। श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकास तथा श्रमदानलाई केन्द्रमा पार्टीको सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेका हुन् ।
साथै उनले ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थासहित कार्यकारी संरचनामा स्पष्ट विभाजन रहने बताए ।
घोषणापत्रमा दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ । साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र जातिका हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेका छन्।

