यस्तो छ आजको मौसम पूर्वानुमान

by समतल अनलाइन
30Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण-पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

त्यस्तै देशको तराई भू-भागका केही स्थानहरुमा हुस्सु लागेको छ । तराईका केही स्थानहरूमा लागेको हुस्सु मध्याह्न पछि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

You may also like