100
काठमाडौं। नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बैइजिङमै थन्किएको छ ।
चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफै ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो ।
त्यसपछि माघ २३ मा चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग् टेलिफोन संवाद गरेर ५ लाख डोज खोप दिने वाचा गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फागुन १७ मा ट्वीट गर्दै थप ३ लाख डोज दिने जनाएकी थिइन् ।
चिनियाँ दूतावासले उक्त खोप जतिसक्दो छिटो नेपालमा आइपुग्ने जनाएको थियो । तर आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने भ्याक्सिन हालसम्म आउन सकेको छैन् । कान्तिपुर दैनिकबाट