135
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ‘शेयर मार्केट’ मा एक करोड बढी लगानी गरेको आफ्नो सम्पति विवरणमा देखाएका छन् । उनले मन्त्रिपरिषदमा बुझाएको सम्पत्ति विवरणमा उनीसँग १५ हजार ९०६ कित्ता शेयर देखिएको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता समेत रहेका उनले आफ्नै बुबा वीरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन् । २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन् । हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्याण्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन् । बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ ।