सैनामैना मेयर कपको चौथौ संस्करण शनिवारदेखी सुरु

२५ फाल्गुन २०७८, बुधबार

बुटवल । सैनामैना नगरपालीकाको संरक्षकत्वमा बिगत ३ बर्षदेखी सन्चालन भइरहेको सैनामैना मेयर कप फुटबल प्रतीयोगीताको चौथो संस्करण यसै सातादेखी सन्चालन हुने भएको छ ।
रुपन्देहीकै सर्वाधिक राशी मध्येको एक मेयर कपको चौथो संस्करण यसपटक भने सालझण्डीको पानबारीमा हुने भएको हो ।
बिगत ३ वटा संस्करण सैनामैना ७ मा देवापारमा रहेको जनप्रिय स्पोर्टिङ क्लबको ब्यबस्थापनमा सम्पन्न भएको थियो । राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने उदेश्यसहित कन्दरा युवा क्लब सालझण्डी पानबारीको आयोजनामा फाल्गुन २८ गते शनिबारदेखि हुने बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।
प्रतियोगिता चैत १० गतेसम्म सन्चालन हुने क्लबका अध्यक्ष तुल्सि पौडेलले जानकारी दिए । १२ टीमको सहभागीत रहने प्रतियोगितामा उद्घाटनमा खेल कपिलवस्तु ११ र कञ्चन ११ बीच हुनेछ । यस पटकको प्रतीयोगीतामा कपिलबस्तु ११, कन्चन ११, बिश्व शान्ति युवा क्लब सालझण्डि,गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, फर्साटिकर युवा क्लब, सेन्टर कलेज फोर ब्रर्दश नवलपरासी, सौभाग्य युवा क्लब बुटवल , मुर्गिया फुटबल क्लब मुर्गिया,बिपि स्मृती भैरब फुटबल क्लब नवलपरासी, गोर्खा ब्याइज बुटवल , एकता युवा क्लब पिपरीचापा र सितल युथ क्लब सित्लापुरका बिचमा प्रतीस्पर्धा हुने क्लबले जनाएको छ । स्थानीय क्लबहरुलाइ प्रोत्साहन गर्न नगरका बिभिन्न ठाउमा प्रतीयोगीताको आयोजना गरिएको नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, द्वितीय हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ नगद राशी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने सेमीफाइनलमा पराजित हुने दुई टिमलाई समेत जनही २१ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ । त्यसै गरी प्लेयर अफ टुनामेन्टले माण्टेन साइकल र अन्य विधामा पनि खेलाडी सम्मान गरिने भएको छ ।
२०लाख खर्चको अनुमान गरेको क्लबले सैनामैना नगरपालीका सगै बिभिन्न सघंसस्थाहरुबाट समेत आर्थिक सहयोग जुटिरहेको बताएको छ

प्त्रकार सम्मेलनमा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि नगरले खेलकुद विकास नै गठन गरी अघि बढेको बताइन् । सैनामैनाका विभिन्न ठाउँमा खेलमैदान निर्माणाधिन अवस्थामा रहेको बताउँदै सैनामैनालाई खेलकुदको हबको रुपमा विकास गर्न जनप्रतिनिधि लागिपरेको उल्लेख गरिन । पत्रकार सम्मेलनमा सैनामैना खेलकुद विकास समितिका अध्यक्ष अम्मर लम्सालले यस वर्ष सैनामैनामा विभिन्न विधाहरुका खेलहरु भइरहेको बताउँदै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न समिति लागीपरेको बताए । उनले छोटो समयमा नगरको खेलकुदमा चलायमान कार्यक्रम गरेको भन्दै मेयरकप फुटबलले घरेलु खेलकुदलाइ अझै अघि बढाउने बिश्वास लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया