गुल्मीमा विद्यालय हिडेकी बालिका बलात्कृत

by समतल अनलाइन

मनोज कार्की

गुल्मी । विद्यालय हिडेकी बालिका बलात्कृत भएकी छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाकी १० बर्षिय बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका ३ का भोज बहादुर सार्कीलाई बिहिबार साझँ प्रहरीले पक्राउ गरेको छ । सार्की सवारी चालक हुन् । बालिकालाई विद्यालय पु¥र्याउने भन्दै गाडिमा चढाएको र केहि पर लगेर बलात्कार गरेको गुल्मी प्रहरीले जनाएको छ । सार्कीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलेले जानकारी दिए ।

 
 
  
 

You may also like