मालपोत कर्मचारीले यसरी बनाई दिंदा रहेछन् एक व्यक्तिको जग्गा अर्कोका नाममा

by समतल अनलाइन

कञ्चनपुर । कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा–जमिन अर्को व्यक्तिको नाममा देखाएको हो । मालपोत कार्यालयका मालपोत अधिकृत अशोकसिंह भण्डारीले उक्त जग्गाको कीर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ । भीमदत्त नगरपालिका–६ मा बस्ने करन चन्दको नाममा श्रेस्ता रहेको जमिनलाई अधिकृत भण्डारीलगायतको ‘च्यानलले’ भगतपुर बस्ने तुलसी दमाईको नाममा रहेको देखाएको हो ।

स्रोतका अनुसार मालपोत कार्यालयको एक ‘च्यानल’ थुप्रै मान्छेका फर्जी तथा कीर्ते कागजात बनाउन र पैसा असुल्नमा संग्लन छ । यो कुरा श्र्रेस्तासहितको जमिन हुने र मालपोतले कीर्ते कागज बनाई दिएको व्यक्तिलाई समेत थाहा छैन । मालपोतले जमिन कीर्ते गरेको व्यक्ति तुलसी दमाईलाई समेत अदालतमा मुद्दा परेपछि मात्र यो घटना थाहा भएको हो । नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like