पोखरामा ताइवानी नागरिकको मृत्यु

by समतल अनलाइन

पोखरा। पोखरामा आज एक ताइवानी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ३०२५३५२७७ भएको ५७ वर्षीय युचाङ छिङको मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

अन्नपूर्ण आधार शिविरको पदयात्राबाट फर्किएका उनी आज बिहान घान्द्रुकको टाडापानी आइपुगेका थिए । उनी मङसिर ८ गते पदयात्राका लागि पोखराबाट अन्नपूर्ण आधारशिविर गएका थिए ।

आज बिहान अचानक छाती दुख्न थालेपछि उनका साथीहरुले प्रभु एयरको हेलिकप्टरबाट मनिपाल शिक्षण अस्पताल पोखरा ल्याएर भर्ना गरेका थिए । उनको उपचारको क्रममा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like