तिलोत्तमा नगरपालिकाद्वारा गहुँको बीउ छर्ने कार्यको शुभारम्भ

by समतल अनलाइन

तिलोत्तमा । गहुँखेती प्रवर्धनका लागि तिलोत्तमा नगरपालिकाद्वारा गहुँको बीउ छर्ने कार्यको शुभारम्भ भएको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले एक कार्यक्रम का बिच गहुँको बीउ छर्दै सो कार्यको शुभारम्भ गरेका हुन । नगरपालिकाको निर्माणाधिन भवनको पश्चिमतर्फ रहेको करिब पाँच बिगाहा जमिनमा गहुँको बीउ छरिएको हो ।

कृषकलाई गहुँ खेतीतर्फ अझ आकर्षित गर्न र गहुँमा आत्मनिर्भर गराउने उदेश्यले नगरपालिकाले केही दिन अघि ४० प्रतिशत अनुदानमा गहुँको बीउ बितरण कार्य सम्पन्न गरेको जनाएको छ ।

एक लाख छत्तीस हजार किलो गहुँको बीउ प्रत्येक १७ वटै वडाका कृषकलाई वडाले गरेको सिफारिसका आधारमा बितरण गरिएको हो ।

बिहिबार भएको सो कार्यक्रममा विभिन्न विशिष्ट व्यतित्वको उपस्थिति रहेको तिलोत्तमा नगरपालिका कृषि प्रवर्द्धन उपसमितिका सदस्य पुष्करनाथ पन्थले बताए । कृषि प्रवर्द्धन उपसमितिका संयोजक लक्षमण नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like