मासु राम्ररी नपकाइ खाँदा दिमागमा पुग्छ फित्ते जुका

by समतल अनलाइन

सिएनएन। तपाईले मासुलाई कतिमिनेट पकाउनुहुन्छ? राम्ररी पकाउनुहुन्छ या हुँदैन? चिकित्सकहरुले मासु राम्ररी पकाएर मात्र खान सुझाएका छन्।

चीनमा ४६ वर्षीय निर्माण कामदारलाई छारेरोग देखियो। त्यो छारेरोग कारण देखियो फित्ते जुका। फित्ते जुका प्राय राम्ररी नपकाइएको मासु खाँदा देखिन्छ।

झिजाङ युनिभर्सिटीको अस्पतालको रिपोर्टमा लेखिएको छ करिब एक महिनाअगाडी झिजाङको पूर्वी प्रान्तबाट झु नामका एक बिरामी भर्ना भएक थिए। उनले एकदिन सुँगुरको मासु र खसीको मासु खाने निधो गरेछन्। उनले एकदमै मसालेदार बनाएर पकाइ खाएका थिए।

खाएको केही दिन पछि उनलाई रिंगटा लाग्ने भयो। त्यस पछिका दिनमा टाउको दुख्न थाल्यो। उनले छारेरोगको लक्षणहरु देख्न थाले।

छारेरोगबाट ग्रस्त पाएपछि झुका साथीहरुले उनलाई तुरुन्त नजिकको अस्पताल लगे। उनको सिटि स्क्यान गरियो र त्यसमा उनको दिमागको तन्तुमा केही खराबी देखियो। उनले थप पैसा खर्च हुन्छ भनेर अरु उपचार नगर्ने सोचे। उनी घर फर्किए।

तर ती लक्षणहरु गएनन् । उनलाई छारेरोगको लक्षणहरु देखिइरह्यो। उनीत्यसपछि झेजाङ युनिभर्सिटी हस्पिटलमा भर्ना भए जहाँ उनको एमआरआइ गरियो। त्यहाँ देखियो न्युरो सिस्टिसर्कोसिस अर्थात दिमागमा फित्ते जुका पर्नु।

त्यसपछि चिकित्सकहरुले सोध्दै जाँदा निक्र्यौल गरेर थाहा पाए की सँगुरको मासु र खसीको मासु राम्ररी नपाकेर उनमा यो सरेको हुनुपर्छ।

रिपोर्टमा भनिएको छ ‘मैले एकछिन जस्तो मात्र त्यो सुँगुरको मासु र खसीको झोल पकाएको थिएँ। मसालेदार झोल थियो, राम्ररी पाकेको छ या छैन याद नै गरिएन।’

झु अहिले ठिक भएका छन्। चिकित्सकहरुले उनको मस्तिष्कबाट फित्ते जुका निकालेका छन्। र उनको मस्तिष्कमा चाप पनि घटेको छ।

न्युरो सिस्टिसर्कोसिस भनेको परिजीविको संक्रमणबाट हुने हो जसमा कसैले फित्ते जुकाको अण्डा खाएको हुन्छ। मानिसमा यो संक्रमण कुनै खाद्यपदार्थका माध्यमले फित्ते जुकाको फुल शरीरभित्र पुगेपछि उत्पन्न हुने गर्छ। यो लार्भा, तन्तु जस्तै मांसपेशी र मस्तिष्कमा पुग्छ र त्यहाँ त्यसले सिस्ट बनाउँछ। त्यो सिस्ट मस्तिष्कमा पुगेकाे अवस्था न्युरो सिस्टिसर्कोसिस हाे।

यो रोगको संक्रमण विश्वमा जहाँ पनि देखिएको छ। अमेरिकाको रोग नियन्त्रण महाशाखाले यो परिजिबी धेरै जसो सुँगर डुल्ने ठाउँ जहाँ सरसफाइ नभएके ठाउँमा देखिएको बताएको छ।

 
 
  
 

You may also like