पूजा शुरू गर्नुपूर्व अनिवार्य गर्नुपर्छ संकल्प, यस्तो छ संकल्पको विधि

by समतल अनलाइन

कुनै पनि देवीदेवताको पूजा शुरू गर्नुपूर्व संकल्प गर्नुपर्छ । यो पूजा विधिको अनिवार्य कार्य हो ।

ज्योतिषशास्त्रका अनुसार, हामीले सही तरिकासँग पूजा गरेमा उसको फल पनि छिट्टै मिल्छ । यसकारण जब विषेश पूजा गरिन्छ, तब कुनै ब्राह्मणको मद्दत लिनुपर्छ । हामीले घरमा गर्ने सामान्य पूजामा पनि केही कुरामा ध्यान दिए त्यो पूजा सफल हुन्छ । घरमा पूजा गर्ने समय पनि संकल्प गर्नुपर्छ ।

संकल्प कर्म
ज्योतिष शास्त्रका अनुसार, पूजाभन्दा अगाडि संकल्प गरिएन भने त्यो पूजाले पूर्ण फल प्राप्त हुँदैन । संकल्पबिनको पूजामा प्राप्त हुने सबै फल देवराज इन्द्रले पाउने मान्यता रहिआएको छ । यस कारण प्रिितदिनको पूजामा पनि पहिला संकल्प गर्नुपर्छ ।

संकल्प लिनेको अर्थ यो हो कि इष्टदेव वा स्वयंलाई साक्षी मानी संकल्प लिएमा पूजन कर्मको फल मिल्नेछ । यस पूजालाई अधुरो छाड्नुहुँदैन । पूजालाई अधुरै नछाड्ने संकल्प पनि गर्नुपर्दछ ।

यस्तो छ संकल्प विधि
संकल्प लिने समय हातमा जल लिनुपर्छ । किनकी यस पूरै सृष्टि पञ्चमहाभूत (अग्नि, पृथ्वी, आकाश, वायु र जल) मा भगवान गणपति जल तत्वको अधिपति हुनुहुन्छ । यसकारण श्रीगणेशको सामुन्य बसेर संकल्प लिइन्छ । ताकी श्रगणेशको कृपाले पूजन कर्ममा अन्य कुनै अवरोध आउँदैन । एक पटक पूजनको संकल्प लिएपछि सो पूजाको पूरा गरेर मात्रै छाड्नुपर्छ ।

यस मान्यताले हाम्रो संकल्प शक्ति मजबूत हुन्छ । व्यक्तिलाई अन्य विपरित परिस्थितीको सामना गर्नका लागि साहस मिल्दछ । एजेन्सी

 
 
  
 

You may also like