सुन तस्करविरुद्ध ३० करोड २६ लाखको मुद्दा

by समतल अनलाइन

काठमाडौं । राजश्व अनुसन्धान विभागले अवैध रूपमा सुनको ओसारपसार गर्ने संखुवासभाका तोप्के भोटेविरुद्ध ३० करोड २६ लाख ५० हजारको बिगो दाबीसहितको मुद्दा दायर गरेको छ ।

भोटेले करिब १५ करोड १३ लाख २४ हजार रुपैयाँ मूल्यबराबरको २५ केजी सुन भन्सार छलेर राजश्व चुहावट गरेको कसुरमा संखुवासभा जिल्ला अदालत चैनपुरमा मंगलबार सो मूल्यको दोब्बर बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी राजीव पोखरेलले जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले चेकजाँचको क्रममा तोप्के भोटेको शरीर तथा निजले बोकेको झोलाबाट बिना बिलविजक लुकाइछिपाइ ल्याउँदै गरेको २५ केजी सुन बरामद गरेको जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानमा खटिएको टोलीले तोप्के भोटे, रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेसमेतले आपसी मिलेमतो गरी सुन तस्करी गरी राजश्व चुहावट गरी ल्याएको विभागले जनाएको छ ।

सुन तस्कारी गर्नेहरूले एक अर्काको बैंक खाता समेत प्रयोग गरी यसभन्दा पहिला पनि चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरीपैठारी गरेको देखिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like