स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

by समतल अनलाइन

काठमाडौं ।स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई जानकारी दिए ।

थापाले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर जानुभएको छ । उहाँ बिहान अस्पताल जानुभएको हो । यो उहाँको नियमित स्वास्थ्य परीक्षण हो । अस्पतालका चिकित्सकको सुझावका अनुसार स्वास्थ्य परीक्षणमा जानुभएको हो ।’

यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।

 
 
  
 

You may also like