काठमाडौंको आकाशमा अचानक अनौठो विमान देखिएपछि …

by समतल अनलाइन

काठमाडौं। शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए ।

राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्‍यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्‍यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन ।

हवाई क्षेत्रका जानकारहरुले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरुले त्यसका बारेमा आफूहरु अनभिज्ञ रहेको बताएका छन् ।

शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौंको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले जानकारी दिए । नेपाल समाचारपत्रबाट

 
 
  
 

You may also like