धादिङमा जन्ती बोकेको बस पल्टिँदा एकको मृत्यु, घाइते ४० मध्ये १७ जना गम्भिर

by समतल अनलाइन

धादिङ। धादिङमा जन्ती बोकेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ भने ४० बढी घाइते भएका छन् ।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारमा आइतबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिएका छन् ।

घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले उप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like